आइएमई पे र मेगा बैंकबीच सम्झौंता, वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने

news-details

आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल र आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मेगा बैंककोतर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्तगर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । मेगाका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआरमार्फत गरिने भुक्तानी सेवा पाउने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *