टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

news-details

सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न टिच फर नेपाललाई रकम उपलब्ध गराएको हो ।

रकमबाट ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा अध्ययनरत बालबालिकालाई २ वर्षसम्म स्वयंसेवी शिक्षकबाट गणित, विज्ञान र अंग्रेजी विषय प्रशिक्षण गराइने बैंकले जनाएको छ । बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बैंकका देशभर १२६ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १,००० भन्दा बढी पीओएस छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *