बागमती अञ्चलमा रोकिएको मोटरसाइकल दर्ता खुल्दै, अब लट नम्बर ३ अंकको हुने

news-details

सरकारले बागमती अञ्चलमा रोकेको नयाँ मोटरसाइकल दर्ता प्रक्रिया खुल्ला गर्ने भएको छ । बा ९९ प ९९९९ नम्बरसम्मको मोटरसाइकल दर्ता पछि ३ अंकको लट नम्बर दर्तामा यातायात व्यवस्था नियमावली बाधक भएपछि गत असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।

नयाँ मोटरसाइकल दर्ताका लागि ३ अंकको लट नम्बर हुने गरी नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको जानकारी दिदै केहि दिन भित्रै संशोधित नियमावली पारित भएर राजपत्रमा सूचना प्रकाशित गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।

नियमावली संशोधन भएर आएपछि ३ अंकको लट नम्बर १०० बाट मोटरसाइकल दर्ता सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *