बंगलादेश बैंक र खल्ति डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धि समझदारी

news-details

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न सक्छन् ।

लोड गरिएको पैसाबाट विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सकिने छ ।

समझदारीपछि श्रेष्ठले प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ तथा वित्तिय समस्याहरु समाधान गर्न आफूहरु लागिपरेको बताउँदै मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गराउन समझदारी गरिएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *