हिमालयन बैंकद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

news-details

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बाषिर्कोत्सवका अवसरमा विभिन्न क्षेत्रका सामुदायिक विद्यालयहरुलाईमा कम्प्युटर सहयोग गरेको छ ।

आफ्नो २५ औं वाषिर्कोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरिएको बैंकले जनाएको छ ।

कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, श्री तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपूर) लाई १२ थान, जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई ५ थान तथा महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई १० थान कम्प्युटर प्रदान गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सर्व सुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरिएको बैंकले जनाएको छ ।

उक्त कम्प्युटरहरु एक समारोहको बीच बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक तथा बैंकका कर्मचारीले हस्तान्तरण गरिएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *