आइएमई र भेनस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

news-details

काठमाडौ । इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) लिमिटेड र भेनस अस्पतालबीच स्वास्थ्य सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुट पाउनेछन । यो छुट सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुने र अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने आइएमईले जनाएको छ ।

सेवाग्राहीहरूको हकमा यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले हस्ताक्षर गरेका छन् । यो सम्झौता २ वर्षसम्म लागू हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *