तत्कालीन किष्ट बैंकका प्रबन्ध संचालक कमलप्रसाद ज्ञवाली पक्राउ

news-details

किष्ट बैंकका तत्कालिन प्रबन्ध संचालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्ञवालीलाई शुक्रबार बिहान महेन्द्रनगरबाट  पक्राउ गरेको महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६/६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो ।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले २०७३ सालमा ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *