सिटी एक्सप्रेसको ‘निःशुल्क बस सेवा’ सुरु

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’सुरु गरेको छ ।

यो निःशुल्क बस सेवा असोज १७ गतेदेखि २३ गतेसम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ । वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावनासहित सो सेवा सुरु गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।

निःशुल्क बस सेवाको उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्तरुपमा रिबन काटि सुरु गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *