ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता
- अशोज १५, २०७५
- 0
ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने भएका छन् ।
पाटन प्याथ ल्याबमा परिक्षण गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले सम्झौता गरेको हो ।
सम्झौतापत्रमा ल्याबका अध्यक्ष रेशम भट्टराई र बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।
बैंकका १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालय रहेका छन ।
0 प्रतिक्रिया
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र कर स्थायित्वमा जोड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक नीतिबारे पनि बहस तीव्र बनेको छ । बदलिँदो विश्व अर्थतन्त्र […]
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]










