एनपे र बस सेवाबीच सम्झौता, ‘दशैंमा बसको टिकट घरबाटै काटौे’
- अशोज १३, २०७५
- 0
डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी ‘एनपे’ र अनलाइनबाट बसको टिकट बुकिङ गराउँदै आएको संस्था ‘बस सेवा’ बीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एनपेका तर्फबाट प्रवन्ध निर्देशक प्रताप श्रेष्ठ र बस सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पी आर खनालले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात बस सेवाका प्रयोगकर्ताहरुले एससिटि डेविट कार्ड तथा १५ भन्दा बढी बैंकका इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवा प्रयोग गरी बस सेवामार्फत घरमै बसेर बसको टिकट काटन सक्ने छन ।
बस सेवाले विगत ५ वर्षदेखि अनलाइन बस टिकट बुकिङ सेवा प्रदान गर्दै आइरहेको छ । अहिले बस सेवाको आफ्नो वेभसाइट www.bussewa.com र तथा मोवाइल एपमार्फत विभिन्न १ सयभन्दा बढी यातायात सेवाको टिकट बुकिङ अनलाइन बाटै गर्न सकिन्छ ।
बस सेवासँग भएको यो सम्झौताले नजिकिदै गरेको चाडपर्वमा अब टिकटका लागि लाइन लाग्नु नपर्ने एनपेका प्रवन्ध निर्देशक श्रेष्ठ बताउछन ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










