एनपे र बस सेवाबीच सम्झौता, ‘दशैंमा बसको टिकट घरबाटै काटौे’

news-details

डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी ‘एनपे’ र अनलाइनबाट बसको टिकट बुकिङ गराउँदै आएको संस्था ‘बस सेवा’ बीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनपेका तर्फबाट प्रवन्ध निर्देशक प्रताप श्रेष्ठ र बस सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पी आर खनालले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बस सेवाका प्रयोगकर्ताहरुले एससिटि डेविट कार्ड तथा १५ भन्दा बढी बैंकका इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवा प्रयोग गरी बस सेवामार्फत घरमै बसेर बसको टिकट काटन सक्ने छन ।

बस सेवाले विगत ५ वर्षदेखि अनलाइन बस टिकट बुकिङ सेवा प्रदान गर्दै आइरहेको छ । अहिले बस सेवाको आफ्नो वेभसाइट www.bussewa.com र तथा मोवाइल एपमार्फत विभिन्न १ सयभन्दा बढी यातायात सेवाको टिकट बुकिङ अनलाइन बाटै गर्न सकिन्छ ।

बस सेवासँग भएको यो सम्झौताले नजिकिदै गरेको चाडपर्वमा अब टिकटका लागि लाइन लाग्नु नपर्ने एनपेका प्रवन्ध निर्देशक श्रेष्ठ बताउछन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *