एनसेलको रिचार्ज एण्ड विन अफर अन्तरगत तेस्रो हप्ताको नगद पुरस्कार वितरण

news-details

एनसेल प्रालिले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

१० हप्तासम्म सञ्चालन हुने यो अफरको तेस्रो हप्ताका विजेताहरु असोज ९ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष पसारण गरिएको लक्की ड्र मार्फत छानिएका हुन् । विजेता १० जनाले जनही १–१ लाख रुपैयाँ पाएका छन् ।

विजेताहरुले काठमाडौं लगायत उपत्यका बाहिरका पायक पर्ने एनसेल सेन्टरहरुबाट पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

योजना अन्तरगत एक हप्ताभरी १०० वा सो भन्दा रुपैयाँ रिचार्ज गर्नेमध्ये १० ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने भएकाले विजेताहरुले पूरै एक लाख रुपैयाँ प्राप्त गर्दछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *