टेकु, सिटी सेन्टर र वीरेन्द्रनगरमा मेगा बैंकको एटीएम सेवा

news-details

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीएम सेवा विस्तार गरेको छ ।

काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीएम सेवा विस्तार गरिएको हो । यो सँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *