आइएमईको ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक

news-details

नेपालको अग्रणी रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनी एक्सप्रेश (आइएमई)ले २०७५ सालको आउदै गरेको पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागू हुने छ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने आइएमईले जानकारी दिएको छ ।

स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिंक गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२० लाख नगद प्रदान गरिने आइएमईले जनाएको छ ।

‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरू को सिफारिस बमोजिम नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने छ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने आइएमईले जनाएको छ ।

आफ्नो स्थापना देखिनैे रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *