सिटी एक्सप्रेस र अमेरिकाको सिगे मनी ट्रान्सफरबीच सम्झौता

news-details

अमेरिकाको १५ हजारभन्दा बढि एजेन्ट (आउटलेट) र बिश्वभरि १ सय ३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएपछि अमेरिकामा रहेका कुनै पनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले दिए ।

यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका हुन ।

सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिट्यान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधिमार्फत सहकार्य गर्दै जाने बताए ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत १२ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजार भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *