बैंकिङ्ग क्षेत्रबाट भट्टचन, श्रेष्ठ र शेरचन राष्ट्रिय विभूषणबाट विभूषित

news-details

सरकारले बैंकिङ क्षेत्रबाट प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचन, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई राष्ट्रिय विभूषणबाट विभुषित गर्ने भएको छ ।

संविधान दिवसको अवसरमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध ४२१ जना व्यक्तित्वहरुलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गरिने घोषणा गरिएकोमा भट्टचन र श्रेष्ठ सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) बाट र शेरचन प्रवल जनसेवा श्री चतुर्थबाट विभुषित हुने भएका हुन ।

सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्नेछिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *