मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

news-details

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमकाबीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गर्नुभयो ।

त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताउनुभयो । साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैँकको शाखा नै विस्तार गर्न उहाँले आग्रह गर्नुभयो ।

स्थानीय स्वयंसेवी रामहरि पोख्रेलले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताउनुभयो ।

शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयांसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *