माछापुच्छ्रे बैंकको खाता घरबाटै खोल्न सकिने
- भदौ ३१, २०७५
- 0
खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट छुटकारा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले अनलाइनबाटै खोल्न सकिने व्यवस्था गरेको छ ।
अनलाईन खाता खोल्न ग्राहकले बैंकको वेबसाईटमा गई अनलाईन फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेटरआइ–प्याडको प्रयोग गरी विश्वको जुनसुकै कुनाबाट सहजै खाता खोल्न सकिने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरि ७ प्रतिशत पुर्याएको छ। बैंकले विभिन्न बचत खाताहरुमा ५ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।
ग्राहकले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । मुद्दती निक्षेपमा बैंकले १०.५ प्रतिशत सम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।
बैंकले देशभर ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ११६ स्थानबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ। देशभर बैंकका ९९ एटीएम सञ्चालनमा छन् ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










