माछापुच्छ्रे बैंकको खाता घरबाटै खोल्न सकिने

news-details

खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट छुटकारा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले अनलाइनबाटै खोल्न सकिने व्यवस्था गरेको छ ।

अनलाईन खाता खोल्न ग्राहकले बैंकको वेबसाईटमा गई अनलाईन फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेटरआइ–प्याडको प्रयोग गरी विश्वको जुनसुकै कुनाबाट सहजै खाता खोल्न सकिने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरि ७ प्रतिशत पुर्याएको छ। बैंकले विभिन्न बचत खाताहरुमा ५ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।

ग्राहकले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । मुद्दती निक्षेपमा बैंकले १०.५ प्रतिशत सम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।

बैंकले देशभर ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ११६ स्थानबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ। देशभर बैंकका ९९ एटीएम सञ्चालनमा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *