सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना, उपभोक्ताले १२ लाखसम्म जित्न सक्ने
- भदौ ३१, २०७५
- 0
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैं, तिहार र छठ लगायतलाई मध्यनजर गर्दै लखपति एक्सप्रेस उपहार योजना ल्याएको छ ।
९० दिनसम्म चल्ने यस योजनाअन्तर्गत उपभोक्ताहरूले ‘लक्की ड्र’मार्फत बम्पर उपहार र १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।
दैनिक रूपमा १२ जना विजयी उपभोक्ताले २ सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रूपमा तीनजना विजेताले रु. १० हजार, मासिक रूपमा एक विजेताले रु. १ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
उपहार योजनाको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर उपहार र कम्पनी १२ वर्ष पुगेका अवसरमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् ।
कम्पनीका अनुसार दैनिक, साप्ताहिक र मासिक विजेतालाई बम्पर उपहारका लागि समावेश गराइने छ ।
योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।
विद्युतीय प्रणाली अन्तर्गत विजेता छनोट गरिने यस योजनामा कूल ११२० जना उपभोक्ता विजयी हुनेछन् ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










