सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना, उपभोक्ताले १२ लाखसम्म जित्न सक्ने

news-details

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान पर्व दश‌ैं, तिहार र छठ लगायतलाई मध्यनजर गर्दै लखपति एक्सप्रेस उपहार योजना ल्याएको छ ।

९० दिनसम्म चल्ने यस योजनाअन्तर्गत उपभोक्ताहरूले ‘लक्की ड्र’मार्फत बम्पर उपहार र १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

दैनिक रूपमा १२ जना विजयी उपभोक्ताले २ सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रूपमा तीनजना विजेताले रु. १० हजार, मासिक रूपमा एक विजेताले रु. १ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

उपहार योजनाको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर उपहार र कम्पनी १२ वर्ष पुगेका अवसरमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक र मासिक विजेतालाई बम्पर उपहारका लागि समावेश गराइने छ ।

योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।

विद्युतीय प्रणाली अन्तर्गत विजेता छनोट गरिने यस योजनामा कूल ११२० जना उपभोक्ता विजयी हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *