महालक्ष्मी विकास बैंकको १५ प्रतिशत लाभांस प्रस्ताव
- भदौ १२, २०७५
- 0
काठमाडौं / महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकबाट स्वीकृत गरी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले पाउने छन् ।
यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक मर्ज भएर बनेको महलक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । आठ प्रतिशत बोनस पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।
गत आर्थिक बर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ । हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांस प्रस्ताव गरिएको हो ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमा कुन दलका क–कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक […]
प्रवासबाट कांग्रेस केन्द्रीय सदस्य बन्ने दौड तीव्र, आकांक्षी बढेपछि साझा उम्मेदवार बनाउने प्रयास

काठमाडौं। नेपाली कांग्रेसको संशोधित विधानले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य बन्ने बाटो खुला गरेसँगै प्रवासमा रहेका कांग्रेस नेताहरूबीच केन्द्रीय […]
दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

हेमन्त केसी, सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको […]
पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी […]
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी […]










