महालक्ष्मी विकास बैंकको १५ प्रतिशत लाभांस प्रस्ताव
- भदौ १२, २०७५
- 0

काठमाडौं / महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकबाट स्वीकृत गरी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले पाउने छन् ।
यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक मर्ज भएर बनेको महलक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । आठ प्रतिशत बोनस पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।
गत आर्थिक बर्षमा बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ । हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांस प्रस्ताव गरिएको हो ।
0 प्रतिक्रिया
‘रोड सेफ्टी’ फोटो प्रतियोगिता एवं प्रर्दशनी हुने

फोटो पत्रकार (पिजे) क्लव र रोटरी क्लव अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदशनी गर्ने सम्वन्धी सम्झौता भएको […]
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । […]
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् […]