सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्न राष्ट्र बैंकलाई निर्देशन
- भदौ ५, २०७५
- 0
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्ने कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । सिहंदरबारस्थित समितिको कार्यालयमा मंगलबार बसेको बैठकमा समितिले मुलुकको १ सय १६ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्र्ने कार्ययोजना ल्याउन निर्देशन दिएको हो ।
समितिका सदस्यले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गर्न ढिलाई नगर्न नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाउनेगरी नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढन पनि समितिले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो ।
समितिको बैठकमा राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले एक साताभित्र कार्ययोजना प्रस्तुत गर्ने दावी गरेका थिए ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










