सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्न राष्ट्र बैंकलाई निर्देशन

news-details

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्ने कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । सिहंदरबारस्थित समितिको कार्यालयमा मंगलबार बसेको बैठकमा समितिले मुलुकको १ सय १६ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्र्ने कार्ययोजना ल्याउन निर्देशन दिएको हो ।

समितिका सदस्यले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गर्न ढिलाई नगर्न नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाउनेगरी नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढन पनि समितिले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो ।

समितिको बैठकमा राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले एक साताभित्र कार्ययोजना प्रस्तुत गर्ने दावी गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *