कुमारी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

news-details

स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात् कुमारी बैंकका खातावालाहरुले हरिसिद्धि, सातदोबाटोस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा विभिन्न औषधोपचार सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरे ।

यसअघि कुमारी बैंकले देश–विदेशका विभिन्न अस्पतालहरुबाट उपचार गराउँदा आफ्ना ग्राहकहरुलाई कुमारी डेबिट/क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुटको सुविधा दिदैं आइरहेको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ८८ वटा शाखा, ६१ वटा एटिएम तथा २ वटा एक्सटेन्सन काउण्टरद्घारा सेवा दिइरहेको छ । त्यस्त,ै बैंकले अत्याधुनिक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग, मोबाइल बैंकिंङ्ग तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *