डिसहोमको फ्री अफर, रिचार्ज गरे जडान सित्तैमा

news-details

काठमाडौं । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्तामाझ डिस होम फ्री अफर नामक नयाँ योजना ल्याएको छ ।

यस योजना अनुसार ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा गर्न सक्नेछन् । यही भदौ १ देखि सुरु भएको योजना सीमित अवधिका लागि मात्र लागू गरिएको डिस होमले जनाएको छ ।

सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेसनको नीति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरीय डिसहोमको सेवा प्रदान गर्न यो योजना लागू गरिएको विज्ञप्तिमा जनाइएको छ ।

जडान उपकरण निशुल्क पाउने भएपछि ग्राहक संख्या बढ्ने डिसहोमको अनुमान छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *