एशियनलाईफ इन्स्योरेन्स र एनआईबिएल एस क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्झौता

news-details

एशियनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमा रु.७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

उक्त सम्झौतापत्रमा एशियनलाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलकोतर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन । एशियनलाईफ इन्स्योरेन्सले प्रतिशेयर रु.१०० दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको र हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्ता पूँजी रु.२ अर्व १ करोड पुग्ने जानकारी दिएको छ ।

रु. ५ अर्ब अधिकृत पूँजी रहेको एशियनलाईफ इन्स्योरेन्सको हाल चुक्ता पूँजी रु. १ अर्ब २५ करोड ६७ लाख २५ हजार, जीवन बीमा कोष रु. १३ अर्ब १३ करोड र कूल लगानी रु १२ अर्ब २९ करोड ९६ लाख रहेको बताइएको छ ।

एशियनलाईफ इन्स्योरेन्सले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *