राष्ट्रिय बाणिज्य बैंकका सिइओ श्रेष्ठद्धारा २ बालबालिकाको अभिभावकत्व ग्रहण
- साउन २६, २०७५
- 0
राष्ट्रिय बाणिज्य बैंकका सिइओ किरन कुमार श्रेष्ठले २ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी भएका छन् ।
भक्तपुर सुर्यविनायक नगरपालिका वडा ८ का अध्यक्ष किरन थापाको अध्यक्षतामा सिईओ श्रेष्ठले भक्तपुर सिपाडोल स्थित शान्ति निकेतन माध्यमिक विद्यालयका कक्षा १ र ४ मा अध्ययनरत विपन्न र अभिभावकविहीन बालबालिका सजिना तामाङ र दिनेश आले मगरको अभिभावकत्व ग्रहण गरी कक्षा १० सम्मको शैक्षिक जिम्मेवारी लिने जनाएका हुन् ।

जिम्मा लगाइएका विद्यार्थीहरू नमुना विद्यार्थीका रूपमा आफ्नो पहिचान राख्न सफल हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पाउदा निकै खुसी लागेको बताए ।
सरकारको राष्ट्रिय विद्यालय भर्ना अभियानमा सहयोग गर्दै मुस्कान सेवा नेपालकी संस्थापक भवानी राई गुरुङले पढाइ–लेखाइबाट वञ्चित अरु धेरै बालबालिकालाई विद्यालयमा ल्याउनका लागि पहल गरिने बताइन् ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










