राष्ट्रिय बाणिज्य बैंकका सिइओ श्रेष्ठद्धारा २ बालबालिकाको अभिभावकत्व ग्रहण

news-details

राष्ट्रिय बाणिज्य बैंकका सिइओ किरन कुमार श्रेष्ठले २ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी भएका छन् ।

भक्तपुर सुर्यविनायक नगरपालिका वडा ८ का अध्यक्ष किरन थापाको अध्यक्षतामा सिईओ श्रेष्ठले भक्तपुर सिपाडोल स्थित शान्ति निकेतन माध्यमिक विद्यालयका कक्षा १ र ४ मा अध्ययनरत विपन्न र अभिभावकविहीन बालबालिका सजिना तामाङ र दिनेश आले मगरको अभिभावकत्व ग्रहण गरी कक्षा १० सम्मको शैक्षिक जिम्मेवारी लिने जनाएका हुन् ।

जिम्मा लगाइएका विद्यार्थीहरू नमुना विद्यार्थीका रूपमा आफ्नो पहिचान राख्न सफल हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पाउदा निकै खुसी लागेको बताए ।

सरकारको राष्ट्रिय विद्यालय भर्ना अभियानमा सहयोग गर्दै मुस्कान सेवा नेपालकी संस्थापक भवानी राई गुरुङले पढाइ–लेखाइबाट वञ्चित अरु धेरै बालबालिकालाई विद्यालयमा ल्याउनका लागि पहल गरिने बताइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *