दक्षिण कोरिया जाने कामदारको हवाइ भाडा १३ हजारले घट्यो
- साउन २१, २०७५
- 0
रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको छ ।
आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।
नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाइ भाडा वापत ५ सय ३० अमेरिकन डरलर तिर्दै आएका थिए । अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ ।
सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडा वापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए । २०७३ पुसदेखि भने कामदारले ५ सय २९ दशमलव ७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए ।
उक्त प्रणालीबाट करिब ८ हजारको संख्यामा कोरिया रोजगारीका लागि नेपाली कामदार जाने गरेका छन् । हवाई भाडा घटेसँगै कामदारको वार्षिक १० करोड रुपैयाँ बचत हुने देखिएको छ ।

0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










