ओझाको पछिल्लो पूर्वेली गीत “दारको ठेकी” सार्वजनिक

news-details

लोकप्रिय सर्जक भीमकुमार ओझाको पूर्वी नेपालको मौलिक संस्कृति, लोक परम्परा र खेतालो जीवनशैलीको स्वाद बोकेको नयाँ लोकगीत “दारको ठेकी” सार्वजनिक भएको छ । गीतकार भीमकुमार ओझाको शब्द सिर्जना, सन्तोष बि.सी. र अन्जु गौतमको स्वर र सन्तोष बिसी को लय सङ्कलन तथा नारायण दङ्गालको संगीत संयोजनमा तयार यो गीत भीमकुमार ओझा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

“दारको ठेकी” गाउँघरको आत्मा बोल्ने गीत हो, जसमा खेतबारीको पसिना, बेठीको रमाइलो, दुना–टपरीको सिप, र फुर्के सल्लोको सुवास झल्किन्छ । मुसलधारे पानी, बाढीको गर्जन र गाउँमै हुर्किएको मायाको सम्वादले गीतलाई जीवन्त बनाएको छ । अन्जु गौतम र सन्तोष बी।सी।को सुमधुर स्वरमा प्रस्तुत गीतले पूर्वेली जनजीवन र भावनालाई गहिरो ढङ्गले उजागर गरेको छ । यस गीतमार्फत गाउँलेपनको सुगन्ध बोकेर, लोक जीवनका बिर्सन लागेका तस्बीरहरू संगीतमार्फत पुनः जिउन सकिन्छ । गीतको रेकर्डिङ काठमाडौंको शंकरा रेकर्डिङ स्टुडियो बागबजारमा गरिएको हो ।

गीतकार ओझाले भने, “यो सिर्जना गाउँको माटोको गन्ध हो, हाम्रो साझा पहिचानको स्वरूप हो । स्रोता–दर्शकले यसमा आफ्नै कथा र आत्मीयता भेट्नेछन् भन्ने विश्वास छ ।” पूर्वेली लोक भाका, धुन र परिवेशको जीवन्त दस्तावेजको रूपमा “दारको ठेकी” आजको आधुनिक संगीत बजारमा मौलिकताको एउटा सशक्त उदाहरण बन्ने छ भन्ने विश्वास गरिएको छ ।

हेर्नुहोस पूरा भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *