जेबी डीसीको निर्देशनमा सामाजिक सन्देशमूलक नाटक ‘सचेतना’ हेटौंडामा प्रर्दशन

news-details

नेपाल होचा पुडका कलाकार संघद्वारा तयार गरिएको सामाजिक चेतनामूलक नाटक “सचेतना” हेटौंडाका विभिन्न स्थानमा सफलतापूर्वक मञ्चन गरिएको छ। डिजिटल लत, लागूऔषध दुरुपयोग, साइबर सुरक्षा, र लैङ्गिक हिंसाजस्ता गम्भीर सामाजिक विषयमा जनचेतना फैलाउने उद्देश्यसहित निर्माण गरिएको यो नाटकले हेटौंडावासी दर्शकको मन जित्न सफल भएको छ।

प्रसिद्ध गीतकार तथा लेखक लोकराज अधिकारीको लेखन तथा रंगकर्मी जे. बी. डी. सी. को निर्देशनमा तयार गरिएको यस नाटकमा दल बहादुर कार्की, सरु दाहाल, सिर्जना सेन्चुरी, निश्चल श्रेष्ठ, पार्वती ढकाल लगायतका कलाकारहरूको उल्लेखनीय अभिनय रहेको छ।

नाटकलाई हेटौंडा उपमहानगरपालिकाको सहयोग प्राप्त भएको थियो। यसअघि पनि यो नाटक काठमाडौंका विभिन्न ६ स्थानमा मञ्चन भइसकेको छ र हरेक ठाउँबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएको छ।

संघकी अध्यक्ष बिन्दा दुलाल का अनुसार, “दर्शकहरूको उत्साह र सकारात्मक प्रतिक्रिया हाम्रो लागि ठूलो प्रेरणा हो। हामी यस प्रकारका सामाजिक सन्देश बोकेका नाटकहरू मार्फत समाजमा सचेतना फैलाउने अभियानलाई निरन्तरता दिन चाहन्छौं।”

नाटकका निर्देशक जे. बी. डी. सी. ले भने, “लामो समयदेखि रंगमञ्च र चलचित्रलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउँदै आएको कलाकारका हैसियतले यस्ता फरक क्षमता भएका व्यक्तिहरूसँग काम गर्दा निकै आनन्दित छु। ‘सचेतना’ जस्तो विषयवस्तुमा आधारित नाटक समाजको ऐनाजस्तै हो, जसले हामीलाई आत्ममूल्यांकन र समाधानतर्फ उन्मुख गराउँछ।”

नाटक “सचेतना” ले डिजिटल युगमा बढ्दै गएको सामाजिक समस्याप्रति दर्शकलाई सजग बनाउने र सामूहिक रूपमा समाधान खोज्न प्रेरित गर्ने उद्देश्य पूरा गरेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *