सुडानमा अलपत्र १९ नेपालीको उद्धार
- बैशाख २०, २०८०
- 0
सुडानमा अलपत्र नेपाली रहेका मध्ये १९ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूलाई नेपाल फिर्ता ल्याइँदै छ।
पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए।
जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ।
नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट जेद्दा ल्याउने प्रयास भइरहेको छ। बाँकी ३ जना पोर्ट सुडानको होटलमा रहेका र अरू २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमास्थित सुरक्षित स्थानमा राखेको छ।
0 प्रतिक्रिया
अस्वस्थ्य रहेका प्रधानमन्त्री पाल्पा गएनन्, भर्चुअलरुपमै भवनको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उदघाटन गरेका छन् । प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन […]
राप्रपा केन्द्रीय कार्य समिति बैठक : सरकारले गरेका कामबारे समिक्षा गर्दै आगामी रणनीति तय गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले […]
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक शुक्रबार शुरु हुँदैछ । बैठक धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि […]
आज प्रचण्डले दाङमा खबरदारी सभा सम्बोधन गर्दै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाङ पुगेका छन् । आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन […]
लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण […]