साउदी अरबले दियो एकैदिन ८१ जनालाई मृत्युदण्ड
- फाल्गुन २९, २०७८
- 0
साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएको हो ।
यो सङ्ख्या साउदीमा गएको वर्ष दिएको मृत्युदण्डको कुल सङ्ख्या ६९ भन्दा धेरै हो । ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेका छन् ।
मृत्युदण्डको सजाय पाएकाहरु इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेका साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।
उनीहरूले महत्त्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएको, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएको वा हत्या गरेका र देशभित्र हतियार लुकाएको अदालतको फैसलामा उल्लेख छ ।
0 प्रतिक्रिया
रास्वपाले बोलायो सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ। सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी बैठक आह्वान […]
कांग्रेस संसदीय दलको बैठक बस्दै
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको […]
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आइतबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता […]
रवि लामिछानेको छुनछेक बहस आज पनि जारी
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको छुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको सुरू […]
कर्मचारीका लागि जारी भयो साइबर सुरक्षा सम्वन्धी एड्भाइजरी (पूर्णपाठ)
सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ । सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा तीन […]