साउदी अरबले दियो एकैदिन ८१ जनालाई मृत्युदण्ड

news-details

साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएको हो ।

यो सङ्ख्या साउदीमा गएको वर्ष दिएको मृत्युदण्डको कुल सङ्ख्या ६९ भन्दा धेरै हो । ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेका छन् ।

मृत्युदण्डको सजाय पाएकाहरु इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेका साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।

उनीहरूले महत्त्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएको, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएको वा हत्या गरेका र देशभित्र हतियार लुकाएको अदालतको फैसलामा उल्लेख छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *