कतारी रियाल असार १७ देखि नचल्ने, बैशाख २७ गतेसम्म सटही गर्न नेपाल राष्ट्र बैंकको आग्रह
- बैशाख ८, २०७८
- 0

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेभित्र कतारी रियाल सटही गर्न आग्रह गर्दै त्यसपछि नेपालमा सटही सुविधा बन्द हुने जनाएको छ ।
केन्द्रीय बैंकले मङ्गलवार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।
कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आउँदो असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ ।
त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, […]
काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ […]
विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी […]
संसदको अवरोध हटाउन सभामुख र तीन दलका प्रमुख सचेतकबीच छलफल, बैठक निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । सत्तापक्ष र […]
एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट सुरु

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका […]