कतारी रियाल असार १७ देखि नचल्ने, बैशाख २७ गतेसम्म सटही गर्न नेपाल राष्ट्र बैंकको आग्रह

news-details

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेभित्र कतारी रियाल सटही गर्न आग्रह गर्दै त्यसपछि नेपालमा सटही सुविधा बन्द हुने जनाएको छ ।

केन्द्रीय बैंकले मङ्गलवार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आउँदो असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ ।

त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *