नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को फाइनल राउण्डमा प्रवेश
- मंसिर २६, २०७७
- 0
नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।
‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउण्ड पुगेका हुन् । बिहीबार चार प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुगेका हुन् ।
बाँकी तीन प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप दुई जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।
प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै सन्तोष उत्कृष्ट छ मा पुगेका हुन् । सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका उनी सन् २०१० अन्त्यतिर कामदार भिसामा बेलायत गएका हुन् ।
0 प्रतिक्रिया
माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ […]
दिक्षित भएका विद्यार्थीहरुलाई प्रधानमन्त्रीले भने –‘विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला’
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको […]
सुख्खा याममा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन् । शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था […]
मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणाधिन विमानस्थल निरीक्षण
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन् । शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण […]
दिक्षित हुन आएकाहरुले भरीभराउ रंगशाला
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहका अवसरमा काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला भएका विद्यार्थी र अभिभावकहरु । समारोहमा १४ हजार ३ […]