नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को फाइनल राउण्डमा प्रवेश

news-details

नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउण्ड पुगेका हुन् । बिहीबार चार प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुगेका हुन् ।

बाँकी तीन प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप दुई जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।

प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै सन्तोष उत्कृष्ट छ मा पुगेका हुन् । सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका उनी सन् २०१० अन्त्यतिर कामदार भिसामा बेलायत गएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *