कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
- चैत्र ११, २०७६
- 0
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमनको आशंकामा न्युयोर्कको स्थानीय अस्पतालमा भर्ना भएका ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिएका छन ।
स्थानीय समयअनुसार आज बिहानमात्रै लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र प्रेसरको समस्या थियो । कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
पाँचथर रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए। यसअघि बेलायतमा एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
0 प्रतिक्रिया
रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने श्रम मन्त्रीको प्रतिवद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन । […]
परिणामूुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन
गृहमन्त्री रमेश लेखकले सिमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् […]
पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव : ‘सामाजिक परिवर्तनको नायक बन्नुहोस्’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिककर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पु¥याउने बताएकी छिन् । शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ […]
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औंचित्य स्थापित भएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औंचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका […]
प्राथमिकताका साथ काम गर्न सके नेपालको सबै भाग पर्यटन गन्तव्य बन्न सक्छ : मन्त्री पाण्डे
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्राथमिकताहरुको पनि प्राथमिकिकरण गर्ने क्रम सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय […]