कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

news-details

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमनको आशंकामा न्युयोर्कको स्थानीय अस्पतालमा भर्ना भएका ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिएका छन ।

स्थानीय समयअनुसार आज बिहानमात्रै लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र प्रेसरको समस्या थियो । कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

पाँचथर रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए। यसअघि बेलायतमा एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *