मौसम पूर्वानुमान : केही भू–भागमा मध्यम वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर रहेको छ ।

महाशाखाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको उल्लेख गरेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । साथै कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थान तथा बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया