रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

news-details

सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौं ल्याइँदैछ ।

लामिछानेलाई भैरहवाबाट नख्खु कारागारमा सरुवा गर्न लागिएको हो । लामिछानेको निवेदनको आधारमा कारागार विभागले हिजो उनको सरुवाको निर्णय गरेको हो । उनलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने जनाइएको छ ।

लामिछानेलाई गत चैत २५ गते उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा राखिएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया