आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
- साउन ३१, २०८२
- 0
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
महाशाखाकाअनुसार हाल देशको पहाडी भू-भागमा साधारणतया मौसम बदली रही सबै प्रदेशका केही स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र अन्य भू-भागमा साधारणतया बदली रहने छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पनि पहाडी र तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






