सुख्खाग्रस्त मधेशमा मध्ययम देखि भारी बर्षा, कुन ठाउँमा कति भयो वर्षा ?
- साउन १८, २०८२
- 0
लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्ययम देखि भारी वर्षा भएको छ । मध्ये मनसुनमै खडेरि परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोलबजार केन्द्रमा ५२.८, मिलिमिटर वर्षा मापन गरिएको छ ।
महोत्तरीको गौशालामा ५८ मिलिमिटर वर्षा मापन गरिएको छ भने सर्लाहीको परवानीपुरमा ४८.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, कल्यानपुरमा ४९.४, बरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।
महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहने छ भने मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भू-भागका धेरै स्थान तथा पहाडी भू-भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






