बागमती प्रदेशमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा दुई सांसदको असहमति
- साउन १३, २०८२
- 0
बागमती प्रदेश सभामा सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’
यस घटनाले बागमती प्रदेशको राजनीतिक परिवेशमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





