वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- साउन ९, २०८२
- 0
देशका केही स्थानमा शुक्रबार वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।
एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
विभागले राति कोसी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोसी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।










