आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

news-details

हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू—भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *