आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना
- जेष्ठ २३, २०८२
- 0

हाल देशको पश्चिम र मध्य भू—भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वको अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राती भने कोशी प्रदेशलगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् […]
कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क […]
शेखर समूहको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड

नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ […]