रक्तदाता समूहद्धारा क्यान्सर पिडित वृद्धालाई आर्थिक सहयोग
- जेष्ठ २२, २०८२
- 0
लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहले क्यान्सरपिडित ७२ वर्षिय उत्तरमाया राईलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
विगत लामो समयदेखी फोक्सोको क्यान्सरको उपचार गरिरहेकी वृद्धाको आर्थिक अवस्था कमजोर रहेको र उपचार गराउन समस्या भएको पाएपछि रक्तदान समूहका सस्थापक अध्यक्ष लायन केदारप्रसाद न्यौपानेको पहलमा रकम संकलन गरी सहयोग प्रदान गरीएको हो ।
तेस्रो चरणको क्यान्सरसँग लडिरहेकी वृद्धालाई रक्तदान समूहका सदस्यहरुले रकम संकलन गरी विर अस्पतालमै गई आर्थिक सहयोग गरेको लायन्स क्लब अफ काठमाडौं रक्तदान समूहको संस्थापक अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
जहा आवश्यक्ता त्यहाँ लायन्स फस्ट भन्ने सिद्धान्तलाई आत्मसात गर्दै रक्तदाता समूहले रक्तदानका कार्यक्रम निरन्तर गरिरहेको छ । रक्तदान मात्र नभई मानवयि, सामाजिक कार्यहरु समाजमा भईपरि आउने समस्याको समाधान गर्न रक्तदाता समूह लागी परेको छ ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]






