गणेश थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा

news-details

१० वर्षे प्रतिबन्ध फुकुवा भएपछि गणेश थापाले भने– अब फेरि फुटबलको विकासमा लाग्छु

अखिल नेपाल फुटबल संघ ९एन्फा०का पूर्वअध्यक्ष गणेश थापामाथिको प्रतिबन्ध फुकुवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन् ।

उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही वैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका हुन् । जसका कारण संगठित फुटबलमा संलग्ननतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले निलम्बनबाट फुकुवा भएको जानकारी गराएका हुन् ।

थापाले आफ्नो प्रतिबन्ध फुकुवा भएपछि नेपाली फुटबल शुद्धीकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन् ।

प्रतिबन्धको १० वर्षे समयलाई अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै थापाले त्यस अवधिमा आफूलाई साथ दिनेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै, नेपाली फुटबलको विकास र विस्तारमा सधै लागिरहने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ ९साफ०को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *