नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न
- बैशाख ६, २०८२
- 0
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन् । उनको भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अगुवाईमा सीमा सुरक्षा सम्बन्धि छलफल भएको हो ।
भारतको जयनगरमा भएको छलफलमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो भने भारतको तर्फबाट मधुवनी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । बैठकबाट ७ बुँदे सुरक्षा सम्बन्धि निर्णयहरु समेत गरिएका छन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




