नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ।
सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो।
नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए।
१९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भयो।
नेपालले सिंगापुरसँग अहिलेसम्म ३ अन्तर्राष्ट्रिय खेल खेल्दा सबै खेल गुमाएको थियो। ३ खेलमा १२ गोल खाएको नेपालले सिंगापुरविरूद्ध कुनै गोल गर्न सकेको थिए।








