कतारमा संखुवासभालीको ‘नौमती पन्चे बाजा’

news-details

स्वदेशमा भन्दा पनि विदेशमा पनि नेपाली कला,संस्कृती र परम्पराको जगेर्नाका लागि काम भइरहेका छन् । नेपाली परम्परा र संस्कृती जोगाउनका लागि खाडी मुलुक कतारमा ‘संखुवासभाली नौमती पन्चे बाजा’ धन्काउन थालिएको छ ।

नेपाली कला, संस्कृति र परम्पराको लोप हुँदै आएको र पश्चिमी गीत सङ्गितलाई बढी महत्व दिदै आएको अबस्थामा कतारमा स्थापित जिल्ला संस्था संखुवासभा समाज कतारले मौलिक पन्चे बाजा कतार पुयाएको हो ।

गत अप्रिल १० तारिक सनैयास्थित लाली गुराँस रेस्टुरेन्टमा एक कार्यक्रम गरि समाजका संस्थापक तथा संरक्षक पर्शुराम दाहालले नौमती पन्चे बाजाको औंपचारिक उद्धघाटन गरेका छन् ।

कतारमा अव कुनै पनि कार्यक्रम, मनोरञ्जनात्मक तथा सांगीतिक जमघट हुँदा ‘संखुवासभाली नौमती पन्चे बाजा’ लाई सम्झनका लागि संखुवासभा समाजका अध्यक्ष राजेन्द्र खनालले अनुरोध गरेका छन् ।

गत शुक्रबार धादिङ सेवा समाज कतारको बृहत साङ्गित कार्यक्रममा गायक मिलन लामालाई स्वागत गर्न संखुवासभा पन्चेबाजा समुह नौमती बाजासहित उपस्थिति रहेको थियो । प्रवासी भूमीमा नेपाली पञ्चे वाजा धन्कदा सबै खुशीले नाचेका थिए ।

आगामी दिनमा दोहामा हुने विविध कार्यक्रमहरुमा संखुवासभाली नौमती पन्चे बाजालाई मायाँ गर्दै सम्झिनका लागि समाजका महासचिव पदम  सिम्खडाले अनुरोध गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *